काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा बैंकका ऋणी हरि कुमार सिलवाललाई नै सरकारले बैंकको सञ्चालक नियुक्त गरेको खबर अर्थ सरोकारले ब्रेक गरेपछि अहिले यो विषय चर्चामा छ । यता गैरकानुनी नियुक्ति लिएका हरि सिलवालले भने आफुलाई चोखो देखाउने प्रयासमा बैंकको ऋण चुक्ता गरिदिएका छन् ।
उनले बैंकको ऋण केही दिनअघि मात्र चुक्ता गरेका हुन् । बैंकमा उनको अटो लोन थियो । बैंकले ऋण चुक्ता भइसकेको पुष्टि गरेको छ । यसअघि सिलवालले बैंकमा ऋण भएको विषयमा अर्थ सरोकारसँग बोल्न मानेका थिएनन् ।
‘हरि सिलवालले अटो लोन चुक्ता गर्नुभएको छ ।’ बैंक स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘तर ऋण चुक्ता भए पनि नियुक्ति लिएको दिन उहाँ यस बैंकको ऋणी नै भएकाले उहाँ सञ्चालक बन्न मिल्दैन ।’

उनले बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङको लेखापरीक्षक पदबाटसमेत राजिनामा दिइसकेका छन् । कानुनतः लेखापरीक्षक पनि सञ्चालक बन्न मिल्दैन ।
यता सिलवाल भने अर्को मितिमा अर्को पत्र बनाएर नियुक्ति लिने कसरतमा छन् । यस्तो भएमा हरि सिलवाल, उनलाई सपथ गराउने राष्ट्र बैंकका अधिकारी र नियुक्ति दिनेविरुद्ध अख्तियार जाने तयारीमा स्वयम् बैंकका अर्का सञ्चालक छन् ।

विवादै विवादका बीच सिलवालको सपथ रोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्