Skip to content
LAXMI SUNRISE BANK

फेक इपिएस देखाएर सेयर लगानीकर्ता झुक्याउने कृषि विकास बैंकमा सेयर दलाल नै अध्यक्ष हुनु संयोग वा अरु केही ?

अर्थ सरोकार

काठमाडौँ । केही समयअघि मात्र फेक इपीएस देखाएर सेयर लगानीकर्ता झुक्याएको कृषि विकास बैंकमा सेयर दलाल कम्पनीका अध्यक्ष डिम प्रसाद पौडेल नै अध्यक्ष बनेपछि कृषि विकास बैंकको पछिल्लो रिपोर्टबारे पनि खुलेरै बहस हुन थालेको छ । 

केही समयअघि मात्र कृषि विकास बैंकले अपत्यारिलो वित्तीय विवरण सार्वजनिक गरेको थियो । सो विवरण सार्वजनिक भएको केही समयपछि ब्रोकर नम्बर ८८ का पूर्व अध्यक्ष नै बैंकको अध्यक्ष बनेपछि बैंकभित्र इन्साइडर ट्रेडिङको बहस सुरु भएको छ । 

कृषि विकास बैंकले फेक इपीएस सार्वजनिक गरेको खबर अर्थ सरोकारले प्रमाणसहित सार्वजनिक गरेपछि बैंकले पछि भुलसुधारका नाममा माफी मागेको थियो । तर, त्यतिबेला पनि सेयर बजारमा ठुलो चलखेलको प्रयास भएको थियो । पछिल्लो समय कृषि विकास बैंकले सार्वजनिक गरेको वित्तीय विवरण फेक रहेको चर्चा पनि अहिले सेयर खेलाडी नै अध्यक्ष भएको घटनासँग जोडेर चर्चा सुरु हुन थालेको छ । यसलाई कतिपयले संयोग भनेका छन् भने कतिपयले नियोजित भनेका छन् ।

डिम प्रसाद कट्टर एमाले हुन् । उनले एमाले भएकै कारण कृषि विकास बैंकमा अध्यक्ष पद पाएका हुन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK