काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायाब उपरीक्षक इन्द्र बहादुर रानालाई प्रिन्टर हस्तान्तरण गरेका हुन् ।
बैंकका संचालक भिम प्रसाद तुलाचनको अध्यक्षता र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी निरिक्षक धर्मराज खत्री, सालिकराम खनाल र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक रानाले सो प्रिन्टर कार्यालयको महिला, बाल-बालिका तथा जेष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने र कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा थप प्रभावकारी बनाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै बैंकका संचालक भिम प्रसाद तुलाचनले समुदायप्रति बैंकको उत्तरदायित्व र आगामी दिनहरुमा पनि यस्ता सहयोग जारी रहने तथा नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्