×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमा-पार बैंकिङ सेवा विस्तारका लागि समझदारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमा-पार बैंकिङ सेवा विस्तारका लागि समझदारी

Artha Sarokar

१८ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा-पार वित्तीय सेवाहरुलाई प्रबर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको हो ।

यसरी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पुर्ण प्रक्रियागत कार्य गरी परिक्षण कारोबार समेत गरिसकेका छन् ।

यस अन्तर्गत महालक्ष्मी विकास बैंकको एचडीएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवा अन्तर्गत सिएम.स चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट  सेवामा पहुँच प्राप्त हुनेछ जसले गर्दा कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरु जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाईम ग्रस सेटलमेन्ट र फण्ड ट्रान्सफरको प्रयोग गरी भारतको एचडीएफसी बैंक मार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधौँ रकम जम्मा गर्न सक्नेछन् । साथै, भारतमा रहेका अन्य बैंकहरुको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ ।

एचडीएफसी बैंकसँगको सम्झौतासँगै नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा-पार व्यापार र रेमिटयान्समा संलग्न ग्राहकहरुलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ । साथै, यो प्रणालीको प्रयोग सँगै बैंकले ग्राहकहरुलाई गरेको डिजिटल नवप्रवर्तन र सेवा विस्तारको प्रतिबद्धतामा समेत सहयोग पुग्ने जनाएको छ ।

हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी