काठमाडौँ । विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ७ जना पदाधिकारी फरार भएका छन् । काठमाडौँ महानगरपालिका-१० न्युरोडमा रहेको उक्त सहकारीको करिब पाँच करोड रुपैयाँ ठगी गरेर सञ्चालक समितिका सबै पदाधिकारी फरार भएका हुन् ।
फरार हुनेमा सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने, सदस्य अनिता थापा र रोहित खड्का रहेका छन् ।
उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध यसअघि पनि २०८० माघ २६ गते एक करोड ४९ लाख ९७ हजार २ सय १३ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो ।
लामो समयदेखि खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीले उनीहरुलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले बचतकर्ताको रकम बाँडफाँड गरेर बिना धितो ऋण भन्दै अपचलन गरेको पाइएको छ । उनीहरु सो रकम फिर्ता नगरी हाल फरार भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्