Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशत छुट पाउने

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतासँगै बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।

बैंकका ग्राहकहरुले इन हाउस प्याथोलोजी, आउटसोर्सीङ टेस्ट, रेडियोलोजी, एम्बुलेन्स, जेनेरल बेड चार्ज, आइसीयु/ सर्जरी चार्ज सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

उक्त अस्पतालसँगको सहकार्यले बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK