×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकले कैलाली हस्पिटलमा २० प्रतिशत छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकले कैलाली हस्पिटलमा २० प्रतिशत छुट पाउने

Artha Sarokar

८ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंक र कैलाली हस्पिटलबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको हो ।

सम्झौतासँगै बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले कन्सल्टेन्ट ओपीडी/इमर्जेन्सी ओपीडी, जेनेरल बेड पर डे (हस्पिटल एडमिट), क्याबिन पर डे (हस्पिटल एडमिट), आइसीयु बेड पर डे, एनआइसीयु बेड पर डे, पोस्ट-अपरेटिभ रुम पर डे, जेनरल सर्जरी, अर्थोपेडिक, गाइनोलोजी, लाप्रोसकपी सर्जरी, प्याथोलोजी टेस्ट, भिडियो एक्स-रे, एक्स-रे, इसीजी, इको, इन्डोसकपी, मेडिसिन जस्ता सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको सहकार्यले उक्त क्षेत्रमा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी