काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । क्यापिटलले गत आर्थिक वर्षको मुनफाबाट आफ्ना सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको साउन १८ गते सम्पन्न संचालक समितिको १६०औं बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । सोहि बैठकले भदौ १८ गते वार्षिक साधारणसभा गर्ने निर्यण गरेको छ । सभा एनआईसी एशिया क्यापिटल लिमिटेडको, रजिष्टर्ड कार्यालयमा हुने भएको छ ।
उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गरिने भएको छ ।
छोटो समयमा नै ग्राहकहरु माँझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एशिया क्यापिटलले सातौं वार्षिक साधारणसभासम्म आउँदा २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने नबौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५० प्रतिशत नगद लाभांश सहित २९० प्रतिशत नगद लाभांश वितरण गर्न सफल हुने कम्पनीले जनाएको छ ।
साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुर्याउन ‘अब लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मुल नाराका साथ अगाडी बढेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्