काठमाडौँ । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० लिटरको सोलार साथै सोलार बत्तिहरु हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमकाबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खलकद मन्त्री बिन्दु कुमार थापाले दिप प्रज्वलन गरी उक्त कार्यक्रमको उद्धघाटन गरेका थिए ।
बैंकको तर्फबाट संस्थापक सेयरधनी, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले सोलार सामग्री हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी, सेयरधनी, मानव सेवा आश्रमका महासचिव शुसिला केसी (रुपा), रिटेल तथा साना व्यवसायी गणेश पराजुली, एनएमबि बैंक प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत बैंकका अन्य कर्मचारी र मानव सेवा आश्रमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै साउन महिनालाई ग्रिन मन्थको रुपमा मनाईरहेको छ । सोहि अभियान अन्तर्गत दिगो कार्यको एक हिस्साको रुपमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।
बैंकले यस्तै अन्य किसिमका कार्यक्रम पनि देशका अन्य प्रदेशहरुमा संचालन गरिरहेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्