Skip to content
LAXMI SUNRISE BANK

‘बालेनले ३० हजार भोट कटाए ३० दिन काठमाडौँ बस्दिन’ भन्ने पौडेल बने कृषि विकास बैंकको अध्यक्ष, सेयर बजारका पनि ‘खेलाडी’ !

अर्थ सरोकार

काठमाडौँ । कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । उनलाई बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकको नयाँ अध्यक्षका रुपमा नियुक्त भएका पौडेल सेयर बजार पनि ‘खेलाडी’ भएको पाइएको छ । ‘उहाँको सेयर बजारमा राम्रै लगानी छ ।’, पौडेल निकट स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘लामो समयदेखि उहाँ सेयर बजारमा हुनुहुन्छ । बजारबारे पनि राम्रै ज्ञान राख्नुहुन्छ ।’

अर्थ मन्त्रालयले सञ्चालक समितिको अध्यक्ष हुनेगरि सञ्चालक नियुक्त गरेर हाल अध्यक्ष नियुक्त भएका पौडेल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का पनि विरोधी हुन् । 

उनले स्थानीय तहको निर्वाचनमा एमालेका केशव स्थापितसँग चुनाव लडेका बालेन शाहले ३० हजार भोट कटाए काठमाडौँमा नबस्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट समेत गरेका थिए । ‘बालेनले ३० हजार भोट कटाए भने ३० दिन काठमाडौँ बस्दिन ।’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका थिए, ‘मैले बिर्से भने सम्झाइदिनु है प्लिज ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK