काठमाडौँ । रेमिट्यान्स सेवा प्रदायक संस्था नियो मनी ट्रान्सफरले जुबा एक्सप्रेससँग रेमिट्यान्स् भुक्तानीका लागि साझेदारी गरेको छ । यो नयाँ सहकार्यले अमेरिका, बेलायत, युरोप, क्यानडा, तथा मध्यपूर्व र पूर्वी अफ्रिकाबाट नेपालमा पैसा पठाउन अझ सहज बनाएको छ । यो साझेदारीसँगै विदेशमा रहेका नेपालीलाई सरल, सुरक्षित र छिटो माध्यमबाट रकम पठाउन झनै सहज भएको हो ।
यो नयाँ सेवाले नेपालमा पैसा प्राप्त गर्नेहरूका लागि विभिन्न सुविधाजनक विकल्पहरू प्रदान गरेको छ । जसले उनीहरूलाई सजिलै आफ्नो पैसा प्राप्त गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । नगद भुक्तानी, सिधा बैंक खातामा जम्मा, वा मोबाइल वालेटमा रकम प्राप्त गर्न सहज भएको छ । यो साझेदारीले पैसा पठाउने र प्राप्त गर्ने दुवैका लागि रेमिट्यान्स प्रक्रिया सकेसम्म सहज र कुशल होस् भन्ने उद्देश्य राखेको छ ।
नयाँ साझेदारीबारे नियो मनि ट्रान्सफरका सिईओ सागर खनालले यो साझेदारीको महत्वमाथि प्रकाश पार्दै भने, ‘नेपालीहरूलाई भरपर्दो वित्तीय सेवाहरू प्रदान गर्ने हाम्रो मिशनमा यो एउटा ठूलो कदम हो।’
नियो मनी ट्रान्सफरको उन्नत डिजिटल प्लेटफर्मलाई जुबा एक्सप्रेसको विस्तृत विश्वव्यापी सञ्जालसँग मिलाएर, यो सहकार्यले पैसा पठाउने प्रक्रियालाई पहिलेभन्दा धेरै सरल बनाउने बताईएको छ । यो सहकार्यले रेमिट्यान्स प्रक्रियालाई सहज बनाउनुका साथै नेपालभित्र वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई पनि बढावा दिने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्