×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा विशेष छुट

Artha Sarokar

३० श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच छुट सम्झौता भएको छ । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई हस्पिटलमा उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

सम्झौतापत्रमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. का तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकको तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत एन.बि.सि.ओ., राजु राना मगरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.मा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशत देखी २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । विशेष गरि, बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।

पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवामा अवस्थित, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. ले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको छ । प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. विच भएको यो साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुने विश्वास गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी