काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल (लेट मि इन)मा विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापछि बैंकका ग्राहकहरुले लेट मि इनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु (हेयर ट्रान्सप्लान्ट, फेसियल, एन्टी-एजिङ ट्रिटमेन्ट, स्कार ट्रिटमेन्ट, पिम्पल ट्रिटमेन्ट, हाइपरब्यारिक अक्सिजन थेरापी) मा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लेट मि इनसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।