काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालसम्म ६-७ हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको बताएका छन् । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री अधिकारीले समस्याग्रस्त घोषणा भएका तीन सहकारीको समस्या पूर्ण रुपमा समाधान भइसकेको र दुई सहकारीको समस्या समाधानको चरणमा रहेको पनि जानकारी दिएका छन् ।
सहकारीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको भन्दै मन्त्री अधिकारीले सहकारीका बचतकर्ताले चाँडै राहत पाउने विश्वास दिलाएका छन् ।
‘अहिलेसम्म ६/७ हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको ५६ हजार बचतकर्ताको आंशिक भुक्तानी अझै बाँकी छ, तर अबको डेढ वर्षभित्र समस्या समाधान हुन्छ ।’, उनले भने, ‘नेपाल ट्रष्टको नाममा कहाँकहाँ जग्गा छ भनेर खोज्दैछौँ, केहीमा सफलता मिलिसकेको छ, केही अझै बाँकी छन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्