×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच भेटवार्ता 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच भेटवार्ता 

Artha Sarokar

१ आश्विन २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलवार अपरान्ह सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् । भेटका क्रममा राजदूत श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

त्यस्तै, उनले नेपालको विकास, पुनः निर्माणमा भारतले सघाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । साथै नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको बताए । भारतले जेन

जी आन्दोलनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी थिइन् । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी