काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नेपाल टेलिकममा ६० हजार बढी रिचार्ज कार्ड चोरी भएको पाइएको छ । टेलिकमले सूचना नै जारी गरेर पोखरास्थित प्रादेशिक निर्देशनालयबाट ६० हजार भन्दा बढी रिचार्ज कार्ड चोरी भएको जनाएको हो ।
टेलिकमका अनुसार एक सय दरका ६० हजार भन्दा बढी र ५ सय दरका दुई सय थान रिचार्ज कार्ड चोरी भएको छ ।
नेपाल टेलिकमले टेलिकमबाट चोरी भएका रिचार्ज कार्डहरुको सिरियल नम्बरसमेत सार्वजनिक गरेको छ । ती सिरियल नम्बर भएका रिचार्ज कार्ड प्रयोग नगर्न र खरिद-बिक्री नगर्न पनि टेलिकमले अनुरोध गरेको छ । तथापि कसैले चोरी भएका कार्ड प्रयोग वा खरिद-बिक्री गरे कारवाही हुने टेलिकमले जनाएको छ ।
त्यस्तै, टेलिकमले सार्वजनिक गरेको सिरियल नम्बरका रिचार्ज कार्ड भेटे वा कसैसँग भए नजिकैको टेलिकम कार्यालय वा प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्