Skip to content
LAXMI SUNRISE BANK

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीको केटाकेटी पारा, आन्दोलन सुरु गर्छन्, आफैँ रोकिन्छन्, फेरि झोकिन्छन्

अर्थ सरोकार

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारी फेरि आन्दोलनमा उत्रिएका छन् । केही समयअघि मात्र व्यवस्थापन पक्षसँग सहमति गरेर आन्दोलन स्थगित गरेका लघुवित्तका कर्मचारीहरु सहमतिको मसि सुक्न नपाउँदै फेरि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले संघर्षका कार्यक्रम नै घोषणा गरेर आन्दोलन सुरु गरेका छन् । 

यसो त यसअघि आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच गत साउन १५ गते सम्झौता भएको थियो । साउन १२ गतेदेखि आन्दोलन सुरु गरेका कर्मचारीले साउन १५ गते आन्दोलन स्थगित गरेका थिए ।

तर, त्यसबेला भएको सहमति कार्यान्वयन नभएपछि कर्मचारीहरु फेरि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सहमति कार्यान्वयन गर्नुको साटो विवादित व्यक्तिलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएर उल्टै कर्मचारीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन् । 

संघर्षका कार्यक्रम घोषणा गर्दै कर्मचारीहरुले विवादरहित अध्यक्ष चयन गर्नुपर्ने, कनिष्ठ सहायक ‘ख’ पद खारेज गर्नुपर्ने, करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने, कर्मचारीको सुविधा वृद्धि गर्नुपर्ने, कार्यकारी प्रमुख नियुक्त गर्नुपर्ने, कर्मचारीमाथिको विभेद अन्त्य तथा बढुवा गर्नुपर्ने लगायतका माग राखेका छन् । 

संघषका कार्यक्रम अन्तर्गत १७ र १८ गते पेन डाउन गर्ने, १९ र २० गते कालोपट्टी बाँधेर विरोध जनाउने, २२ र २३ गते केन्द्रीय कार्यालयमा धर्ना दिने र २४ गतेदेखि केन्द्रीय कार्यालयसहित लघुवित्तका शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने घोषणा गरेका छन् । तर, लघुवित्तका कर्मचारीले सुरु गरेको यसपटकको आन्दोलन पनि विगतको जस्तै हुनेमा शंका छ । यसो त यसअघि थुप्रैपटक कर्मचारी र व्यवस्थापनबीच सहमति भइसकेको छ । तर, हरेक पटक कर्मचारीहरु आश्वासनमा मात्र रमाउँदै आएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK