काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाखमुनि बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ । बागलुङका एक लाखमुनि बचत रहेका ६ सय १३ बचतकर्ताको रकम फिर्ता गरिसकेका सहकारीले पोखरा शाखाका १५८ जनाको रकम फिर्ता गर्न सुरु गरेको हो ।
सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले पोखरा शाखामा ५२४ जनामध्ये १५८ जना बचतकर्ताको एक लाखभन्दा कम बचत रहेको जानकारी दिए । उनीहरुलाई क्रमशः रकम फिर्ता गर्ने कार्कीले बताए । एक लाखभन्दा बढी बचत रहेको बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलनचल्लीको मुल्यको घर घडेरी उपलब्ध गराउने उनको भनाइ छ । बाँकी तस्विरमा हेर्नुहोस्ः