×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तलब बढाउनुपर्ने सहितका माग राखेर महिला लघुवित्तका कर्मचारी आन्दोलनमा, सबै काम ठप्प पार्ने चेतावनी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तलब बढाउनुपर्ने सहितका माग राखेर महिला लघुवित्तका कर्मचारी आन्दोलनमा, सबै काम ठप्प पार्ने चेतावनी !

Artha Sarokar

३१ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाका कर्मचारी आन्दोलमा उत्रिएका छन् । तलबभत्ता बढाउनुपर्नेसहितका माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

लघुवित्तका कर्मचारीहरुले भदौ २९ गते (सोमबार) प्रेस विज्ञप्ति नै जारी गर्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले तलब भत्ता वृद्धि तथा कर्मचारी विनियमावलीको हुबहु, कार्यान्वयन नगरेको र अन्य सुविधासमेत हेरफेर गर्नुपर्ने भन्दै २४ घण्टे अल्टिमेटम दिँदा पनि व्यवस्थापन पक्षले नटेरेको भन्दै आन्दोलन नै गर्नुपरेको बताएका छन् । 

कर्मचारीहरुले यथाशीघ्र तलबभत्ता ५० प्रतिशतले वृद्धि गर्न, कर्मचारीको नियमित सरुवा गर्न, आवश्यकता र क्षमताका आधारमा कर्मचारीलाई कर्जा सापटीको व्यवस्था गर्न लगायतका माग राखेका छन् । 

आफूहरुले राखेका माग सम्बोधन नभए हदैसम्मको संघर्ष गर्ने महिला लघुवित्त वित्तीय संस्था कर्मचारी युनियनका महासचिव रबिन्द्रराज खनालले बताएका छन् । उनले हाल संस्थाको ध्यानाकर्षण गराएको भन्दै असोज १ गते केन्द्रीय कार्यालयमा धर्ना दिने र त्यति गर्दा पनि माग सम्बोधन नभए देशभरका शाखा कार्यालयमा तालाबन्दी गर्ने खनालले चेतावनी दिएका छन् । यस्तो छ विज्ञप्तिः

press
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी