काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैंकिङ सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट अधिकृत सेन्ट्रल बिजनेश सेन्टरका प्रमुख लेख बहादुर पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैंकिङ सेवा प्रयोग गर्ने विश्वास प्रभु बैंकलाई रहेको छ ।
प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्