काठमाडौं। अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ ।
यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौँ उपत्यका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन् ।
विशेष सुविधा:
यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले निम्नलिखित सुविधा प्राप्त गर्न सक्नेछन् :
-डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १०% छुट
यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।
भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:
– माइ डिशहोम एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्ने ।
-दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्ने ।
-होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्ने ।
-डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्ने ।
यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका म्यानेजिङ्ग डिरेक्टर आलोक योन्जोन, डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईबीच एमओयूमा हस्ताक्षर भएको छ ।