काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
समझदारीसँगै बैंकका ग्राहकहरुले थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरुले उक्त रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । सो सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्