काठमाडौं। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त ओटिटि प्रसाारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सबै ३२ खेल डिशहोम गो एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पुरा भएको छ ।
मङ्सिर १ गते सोमबारदेखि सुरु भएको एनपीएल-२ को प्रत्यक्ष प्रसारण डिशहोम गो एप तथा वेबसाइटबाट मात्रै हुनेछ भने सम्पूर्ण खेल बिना विज्ञापन प्रसारण हुनेछन् ।
नेपालभित्रका दर्शकले ३०० रुपैयाँ, मध्यपूर्वका दर्शकले ५०० रुपैयाँ र अन्य सबै देशका दर्शकले १० डलर तिरेर एनपीएलका खेल हेर्न सक्नेछन् । भुक्तानीका लागि इसेवा, खल्ती, भिसा र मास्टर कार्ड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
एकपटक सक्रिप्शन लिएपछि दर्शकले सम्पूर्ण प्रतियोगिता डिशहोम गो मा लाइभ स्ट्रीम, पुनः-प्रसारण तथा अन्य सामग्री हेर्न सक्नेछन् । डिटीएच प्लेटफर्मको नियमअनुसार।
कहाँ-कहाँबाट हेर्न सकिनेछ ?
मोबाईल एप (Android, iOS)
Android TV
वेब ब्राउजर (Website मार्फत)
नयाँ दर्शकले डिशहोम गो एप गुगल प्ले स्टोर साथै आइओएस एप को एप स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।
उच्च गुणस्तरको भिडियो स्ट्रिमिङ र विश्वसनीय सेवाका लागि डिशहोम गोले Mobiotics, Akamai जस्ता अग्रणी प्रविधि साझेदारहरुसँग साझेदारी गरेको छ । जसले एनपीएल-२ को स्ट्रिमिङलाई अझै सिधा, तीव्र र उच्च रेजोलुसनमा उपलब्ध गराउने जनाईएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्