काठमाडौँ । लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट, हेटौँडामा सम्पन्न भएको हो ।
क्षेत्रीय प्रमुख अजय फुयलले सञ्चालन गरेको कार्यक्रममा हेटौँडा र आसपासका क्षेत्रबाट उल्लेखिय संख्यामा अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत संवाद र अनुभव साझा गर्दै यस कार्यक्रमले थप ऊर्जा र उत्साह थप्ने धारणा राख्नुको साथै सम्मानित अभिकर्ताहरूले कम्पनीको भाबी योजना र लक्ष्यमा योगदान दिने प्रतिबद्धता जनाएका थिए ।
लघु बीमाको बजारीकरणमा अभिकर्ताको भुमिकाको बारेमा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले धारण ब्यक्त गरेका थिए । बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भाव्य बजार र अभिकर्ताले बनाउनु पर्ने योजना बारे जानकारी दिएका थिए ।













