Skip to content
LAXMI SUNRISE BANK

७ बुँदे माग राख्दै निर्वाचन आयोगको डाटामाथि साइबर हमला, डाटाहरु मेटिएको दाबी !

अर्थ सरोकार

काठमाडौँ । निर्वाचन आयोगको वेबसाइट ह्याक भएको छ । ‘नेपाल फर नेपाली’ नामक एक समूहले आयोगको वेबसाइट ह्याक गरेको हो । 

साइट ह्याक गर्दै उक्त समूहले अन्तरिम सरकारसँग विभिन्न ७ बुँदे माग राखेको छ ।

उक्त समूहले सेप्टेम्बर ८ (भदौ २३) भएको सरकारी दमनमा ज्यान गुमाएकाहरुको हत्यारा खोज्न, भदौ २४ गते सिंहदरबार लगायतका संरचना जलाउनेहरुको खोजी गर्न, नेपाललाई किँरात बौद्ध बैद्धिक सनातन राष्ट्र घोषणा गर्न, संविधान पुनर्लेखन गर्न लगायतका माग गरेको छ । 

निर्वाचन आयोगको वेबसाइट नै ह्याक गरेको उक्त समूहले गरेको साइबर हमलाबाट निर्वाचन आयोगमा संकलन गरिएका महत्वपूर्ण डाटाहरु मेटिएको दाबी गरिएको छ । यद्यपि उक्त विषयमा थप अध्ययन भइरहेको बुझिएको छ । 

समूहले आयोगको वेबसाइट ह्याक गरेर ‘डिस्प्ले’ गरेको पत्रमा ‘नेपाल फर नेपाली’ देशको भविष्य जोगाउन प्रतिबद्ध अनुसन्धनात्मक र विश्लेषणात्मक संस्था भएको दाबी गरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK