×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

Artha Sarokar

२१ कार्तिक २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा दिवाकर भट्टराई नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिको बैठकले भट्टराईलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई लघुवित्तको आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरिएको हो ।

उक्त पदमा यस अघि सञ्चालक सुमन थपलिया संस्थापक समूहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट  प्रतिनिधित्व गर्दै आएका थिए ।

नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मासमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा १६ वर्षको कार्यानुभव भएका भट्टराई हाल एनआईसी एशिया बैंक लिमिटेडमा चिफ अग्रिकल्चर एण्ड अदर कर्पोरेट लोनको रुपमा कार्यरत छन् ।

उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी