×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीले किने समर्थन मूल्यमै धान, किसान खुसी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सहकारीले किने समर्थन मूल्यमै धान, किसान खुसी

Artha Sarokar

१८ कार्तिक २०८२, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । किसानहरूलाई धानको उचित मूल्य उपलब्ध गराउन सरकारले समयमै धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मूल्य तोके पनि किसानले भने धानको मूल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले किसान समर्थन मूल्य भन्दा कम मूल्यमा धान खरिद गरेपछि मधुवन नगरपालिका-७ मा रहेको ताराताल साना किसान कृषि सहकारी संस्थाले समर्थन मूल्यमै धान खरिद गरेको छ ।

गत कार्तिक १ गतेदेखि धान खरिद सुरु गरेको ताराताल साना किसानले ३५ सय क्विन्टल धान खरिद गरिसकेको छ । धान खरिद गरेपछि किसानहरूले राहतको महसुस गरेका छन् ।

आफ्ना सेयर सदस्यहरूले उत्पादन गरेको धान व्यापारीहरूले सस्तोमा खरिद गरेपछि साना किसान सहकारीले समर्थन मूल्यमा धान खरिद सुरु गरेको हो । हाल साना किसानमा धान बिक्री गर्ने किसानको भिड लागेको छ । तिहार अगाडि देखि नै धान खरिद सुरु भएको हो ।

सरकारले मोटा धानको समर्थन मूल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ । तर, व्यापारीहरूले २५ सय देखि २८ सयसम्ममा धान खरिद गरेका छन् । व्यापारीहरूले धानको मूल्य नदिएको कारण ताराताल साना किसानमा धान बिक्री गर्न ल्याएको मधुवन नगरपालिका–९ का किसान टंकप्रसाद पौडेलले बताए । उनले सहकारीले धान खरिद गरेको हुनाले किसानहरूलाई राहत भएको बताएका छन् । 

व्यापारीहरूले धान मूल्य नदिएपछि ताराताल साना किसानमा धान बिक्री गर्न ल्याएको मधुवन नगरपालिका–७, गंगावस्तीकी मनमती चौधरीले बताइन् । उनले भनिन, ‘बाहिर व्यापारीले राम्रो मूल्य दिनुहुन्न, कत्ति व्यापारीले त खरिद नै गर्दैनौँ भन्नु भयो त्यसैले सहकारीमा ल्याएँ ।’

सहकारीले पाँच हजार क्विन्टल जति धान खरिद गर्ने लक्ष्य राखेको ताराताल साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक डम्बर केसीले बताए । किसानहरू धानको मूल्य नपाएर किसानको श्रम समेत नउठेको पाएपछि धान खरिद गरेको बताउँदै किसानहरूको मात्र धान खरिद गरिने बताए । हाल किसानको धान खरिद  र भण्डारणका लागि मधुवन नगरपालिकाले पाँच लाख रुपियाँ सहयोग गरेको उनले जनाए ।

कृषकहरूलाई सहयोग होस भनेर धान खरिद गरेको ताराताल सानाकिसानका अध्यक्ष प्रेमप्रसाद तिमिल्सिनाले बताए । उनले भने, ‘पछि बिक्रि गर्दा मुल्य के हुने हो थाहा भएन तर घाटा भएपनि कृषकहरूलाई सहज होस भनेर धान खरिद गरेका छौँ ।’ सरकारले सानाकिसानलाई धान खरिद र भण्डारणका लागि दिएको अनुदान रकम प्रतिक्विन्टल एक सय १२ रुपियाँ अत्यन्त न्यून भएको बताए । सरकारले सहकारीले खरिद गरेको धानको बजार व्यवस्थापन गर्न सहजीकरण गरेमा हरेक बर्ष किसानले ल्याएजति धान खरिद गर्ने उनले बताए ।

धान खरिद बापतको रकम किसानको बैंक खातामा सिधै पठाउने व्यवस्था गरेको लेखा समिति संयोजक देविबहादुर बस्नेतले बताए । उनले तीन दिन भित्र किसानको बैंक खातामा रकम पठाईएको बताए ।
ताराताल सानाकिसानले गत बर्ष कृषकहरूको एक हजार क्विन्टल धान खरिद गरेको थियो । सो धान अझै स्टक रहेको छ । बजेट भएमा धान खपतका लागि चामल मिल स्थापना गर्ने लक्ष्य राखेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी