×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गुराँस लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

Artha Sarokar

१९ कार्तिक २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गुराँस लघुवित्तको नाफा बढेको छ । लघुवित्तले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४२.५७ प्रतिशतले बढेको हो ।

समीक्षा अवधि (चालु आर्थिक वर्षको पहिलो ३ महिना)मा लघुवित्तले कुल १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा कुल १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ३६.७३ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १७६.९२ प्रतिशतले बढेको छ । लघुवित्तको सञ्चालन आम्दानी पनि १६.०२ प्रतिशत र सञ्चालन मुनाफा ३९.७३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्जमा ९ लाख ९२ हजार रुपैयाँ रिजर्भ छ ।

समीक्षा अवधिमा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा लघुवित्तको ईपीएस १४ रुपैयाँ ९३ पैसा बढेर ५० रुपैयाँ २ पैसा पुगेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा छ भने मूल्य आम्दानी अनुपात ३९.३० गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी