Skip to content
LAXMI SUNRISE BANK

नेशनल फण्ड म्यानेजमेन्टले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् २१ करोड ६ लाख रुपैयाँ बराबरको २१ लाख ६ हजार कित्ता सेयर जारी गर्ने भएको हो ।

सो सेयर निष्काशनका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा नेशनल फण्ड म्यानेजमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गर्ने सम्झौता सम्पन्न भएको हो ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ । साथै, बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्रको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ ।

.

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK