×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब एनपीएल ‘डिशहोम गो’ मोबाइल एपमार्फत हेर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अब एनपीएल ‘डिशहोम गो’ मोबाइल एपमार्फत हेर्न सकिने

Artha Sarokar

२७ कार्तिक २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेल अब डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ । मङ्सिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई ओटीटी प्रशारण अधिकार प्रदान गरेको छ । दर्शकहरूले एपमार्फत खेल हेर्न भने छुट्टै शुल्क तिर्नुपर्नेछ । क्यानले तोकेको मूल्य अनुसार, एनपीएलको दोस्रो संस्करणका सबै खेल डिशहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३०० रुपैयाँ, मिडल इस्टका दर्शकले ५०० रुपैयाँ, र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ । एप र वेबसाइटबाट लाईभ खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिनेछ ।

दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा भने प्रत्यक्ष प्रसारण नहुने भएको छ ।

डिशहोम गो एप मोबाइल, एन्ड्रोइड, टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरेर सजिलै भुक्तानी गरी विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन् । साथै, डिशहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने र आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केहि दिनमा लाइभ हुने कम्पनीले जनाएको छ ।

उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स र अकामासँग प्राविधिक सहकार्य गरेको छ । मोबायोटिक्स धेरै प्रयोगकर्ताले प्रयोग गर्न अनलाइन प्रशारण प्रणाली (OTT) निर्माण गर्ने कम्पनी हो । यसले तयार पारेको प्लेटफर्म प्रयोग गरेर आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा बंगलादेश र भारतबीचको खेल एकैपटक २३ लाखभन्दा बढी बंगलादेशी दर्शकले सहज रूपमा हेरेका थिए ।

त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा आईपीएल को डिजिटल प्रसारणका लागि ‘हटस्टार’ सँग सहकार्य गर्दै आएको छ। अकामाईको मुख्य काम इन्टरनेटमा सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्‍याउनु हो। यसले विश्वभरका सर्भरहरू प्रयोग गरेर वेबसाइट र एपको उच्च गुणस्तर र अवरोधरहित सञ्चालनलाई सुनिश्चित गर्छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी