काठमाडौँ । सहकारी पीडितले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा तोडफोड गरेका छन् । कार्यालयमा पुगेर नाराबाजीसहित प्रदर्शनमा उत्रिएका सहकारी पीडितहरुले कार्यालयको गेट तोडफोड गरेका हुन् ।
सहकारी पीडितहरु झनै उग्र हुने स्थिति देखिएपछि हाल बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समितिको कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।
प्रदर्शनमा उत्रिएर कार्यालयमा तोडफोड गर्ने एक दर्जन बढी सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्यालयमा पुगेरै प्रदर्शन गरेका सहकारी पीडितहरुले तत्काल पैसा फिर्ता गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले समस्याग्रस्त सहकारी समस्या समाधान गर्नुको साटो सरकारले उल्टै सहकारी ठगलाई संरक्षण गरेको भन्दै नाराबाजी गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्