काठमाडौं । सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजीको २० प्रतिशत सेयर जारी गर्ने भएको हो ।
यसका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा सप्तकोशी सिमेन्टका तर्फबाट अध्यक्ष मोना जालान तथा सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन् ।
सप्तकोशी सिमेन्ट लिमिटेड एक उच्च स्तरिय सिमेन्ट उत्पादक कम्पनी हो जसको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पिपिसी तथा ४३ र ५३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । नेपालको सिमेन्ट बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एच. आर. गोयल समूहद्वारा प्रवर्धित यस कम्पनीले सन् २०१९ मा व्यवशायिक उत्पादन सुरु गरेदेखि हाल सम्म निरन्तर संचालन नाफा कायम राख्न सफल रहेको छ ।
पूर्वी नेपालमा करिब २०% बजार हिस्सा ओगटेको यस कम्पनीले अन्य क्षेत्रिय प्रतिस्पर्धीहरु माझ निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । विभिन्न समसामयिक चूनौतीहरू संग मुकाबला गर्दै आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गत वर्षको तुलनामा २७% बढि बिक्री लक्ष्य हासिल गर्न सफल भएको छ ।
साथै, आ.व. २०८१/८२ को मुनाफाबाट कम्पनीले १२% बोनस शेयर समेत जारी गरेको छ । प्रस्तावित आईपिओ बाट उठ्ने पूँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना गर्न तथा हाल संचालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिनेछ । यसले उत्पादन प्रकृयामा एकीकृतता ल्याई कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, वित्तिय प्रदर्शन र दिर्घकालिन वृद्धिलाई थप बलियो बनाउने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्