काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । रेसुङ्गा नगरपालिका-२ निवासी मधु बस्नेतले स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा सुरक्षा म्यादी जीवन बीमा अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी प्रदान गरेको हो ।
बस्नेतले सहकारी मार्फत १० लाख रुपैयाँ ऋण लिएकोमा सो ऋणको बीमा सन नेपाल लाइफ इन्स्योरेन्स मार्फत गरिएको थियो । ऋणी बस्नेतका श्रीमानको निधन भएपछि बीमा कम्पनीले सहकारी संस्थालाई मृत्यु दाबी बापत १० लाख रुपैयाँ र क्रिया खर्चका लागि थप १० हजार रुपैयाँ भुक्तानी उपलब्ध गराएको हो।
शनिबार सदरमुकाम तम्घासमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्री र नवीन अर्यालले सो चेक सहकारीकी अध्यक्ष कमला मरासिनी र व्यवस्थापक सरस्वता थापालाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै सिइओ अर्यालले जीवन बीमा दुःखको साथी र सम्पत्ति जोगाउने माध्यम भएको बताए । उनले भने, ‘बीमा व्यवसायिक र व्यक्तिगत दुबै जोखिम न्यूनीकरणमा सहायक छ । महिलाको सशक्तीकरणमा पनि यसले ठूलो योगदान पुर्याइरहेको छ। हाल देशभरका करिब ४ हजार सहकारी संस्था सन नेपाल लाइफसँग आबद्ध छन्।’
त्यस्तै, जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापा र सहकारीकी व्यवस्थापक सरस्वता थापाले बीमाको यो नीतिले सहकारी संस्था र सदस्यहरूको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए । उनीहरूले दुर्घटना र आकस्मिक अवस्थाबाट उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरणका लागि यस्तो संस्थागत बीमालाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।
वडा नं. २ का वडाअध्यक्ष हिराबहादुर थापाले पब्लिक क्षेत्रको लगानीले देशमा रोजगारी सिर्जना र आर्थिक सुदृढीकरणमा टेवा पुग्ने बताउँदै यस्तो बीमा योजनाबाट पीडित परिवारले प्रत्यक्ष फाइदा लिन सक्ने उल्लेख गरे ।
त्यस्तै, क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले सहकारीमार्फत ऋण लिँदा बीमा अनिवार्य रूपमा गरिनु आवश्यक रहेको बताउँदै म्यादी बीमाले सहकारी र सदस्यहरूलाई वास्तविक सुरक्षाको अनुभूति दिलाउने कार्य गरिरहेको उल्लेख गरे । कम्पनीले आफ्ना बिमितहरूको लागि नेपाल मै पहिलो पटक सनमेडिकेयर जस्तो सुविधा प्रदान गरेका कारण विभिन्न आकस्मिक समस्या आइपर्दा उपचार खर्च दिने सुविधा समेत रहेको बताए ।
गुल्मी शाखाका प्रबन्धक नवीन अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अहिलेसम्म ५ सय भन्दा बढि सहकारीसँग कर्जा सुरक्षण बीमाको लागी सहकार्य गरेको जानकारी दिए ।
आर्थिक तथा सामाजिक विकासमा योगदान पुराउनका लागि मृत्यु, अशक्तता र आपतकालीन रोगका कारण उत्पन्न हुने आर्थिक जोखिमलाई न्यूनीकरण गर्दै, संस्था, ऋणी र ऋणीका परिवारको दीर्घकालीन वित्तीय सुरक्षा सुनिश्चित गरी किफायती र विश्वासिलो जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले बीमाको पहुँच र प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउनुपर्ने र सबै सहकारी संस्थाहरूलाई यस्तो पोलिसीमा आबद्ध गरिनुपर्नेमा जोड दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्