काठमाडौँ । एसवाई प्यानलको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले कार्तिक १९ गतेदेखि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो ।
मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । आईपीओ बाँडफाँड गर्दा ४ लाख ७ हजार ६ सय १५ जना आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् ।
यसरी बाँडफाँड गर्दा बाँकी रहेको ६ कित्ता सेयर पनि सोही लगानीकर्तामा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । अर्थात, ६ जना लगानीकर्ताले ११ कित्ताका दरले कम्पनीको सेयर पाएका छन् ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ४० करोड ७६ लाख १५ हजार ६ सय रुपैयाँ बराबरको ४० लाख ७६ हजार १ सय ५६ कित्ता सेयर निष्कासन गरिएको थियो । उक्त आईपीओमा कुल २१ लाख ८९ हजार ७ सय ७३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २० लाख ८७ हजार ३ सय २० आवेदन स्वीकृत भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्