काठमाडौं। नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन भएका छन् । शुक्रबार बसेको संचालक समितिको ५३६औँ बैठकले सर्वसम्मत्तिबाट उनलाई अध्यक्षमा चयन गरेको हो । कुंचा स्टेट बैंक अफ इण्डियाका प्रतिनिधि हुन्।
अध्यक्ष कुंचा एसबीआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन्। उनले एसबीआईको २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त अध्यक्ष कुंचालाई बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आइतबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई र शरणकुमार अधिकारी तथा नेपाल एसबिआई बैंकका संचालकहरू रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती र डा. गोपाल प्रसाद भट्ट लगायत उपस्थित थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्