Skip to content
LAXMI SUNRISE BANK

सहकारी ठगी प्रकरणः धरौटी बुझाएर रिहा भए छविलाल जोशी

अर्थ सरोकार

काठमाडौँ । छविलाल जोशी रिहा भएका छन् । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका गोर्खा मिडिया नेटकर्वका सञ्चालक जोशी धरौटीमा रिहा भएका हुन् । 

रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

पूर्व डिआईजीसमेत रहेका जोशीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि उनी धरौटीबापतको रकम बुझाएर रिहा भएका छन् । उनी बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा कारागारमा थिए । 

उनीसँगै पुर्पक्षका लागि कारागार चलान भएका रास्वपाका सभापति रवि लामिछाने धरौटी बापतको ३ करोड ७४ लाख ८४ हजार बुझाएर रिहा भइसकेका छन् । रविलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK