Skip to content

‘जेन-जी सरकारले पनि हाम्रा माग पूरा गर्न सकेन’- सहकारी पीडित

Dish Home

अर्थ सरोकार

४७ मिनेट अगाडि

काठमाडौँ । सहकारी पीडितहरुले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका हुन् । उनीहरुले सोमबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । 

सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

आन्दोलनमा सहभागी भएका बनेपास्थित पशुपति सहकारीका पीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए । उनले छोराछारी पढाउनका लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरेका छन् । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाई छ । सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरुले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको ढकालले बताएका छन् । 

हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको ढकालको भनाई छ । उनले सरकारले पटकपटक वार्ता गरे पनि आफुहरुको माग पूरा नगरेको गुनासो गरेका छन् । कतिपय सहकारी पीडितहरु डिप्रेसनको शिकारसमेत बनेको उनको भनाई छ । उनले सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्नसक्ने बताएका छन् । आफू पनि डिप्रेसनको सिकार भएर औषधि सेवन गरिरहेको भन्दै उनले जेन-जी आन्दोलनपछि बनेको नागरिक सरकारलेसमेत आफूहरूको माग पूरा नगरेको बताएका छन् । 

प्रदर्शनमा सहभागीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो’, ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ’ लगायतका नारा लगाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्