काठमाडौँ । एउटा व्यक्ति एउटा मात्र सहकारीको सञ्चालक बस्न पाउने नियम कार्यान्वयन गर्न निर्देशन दिइएको छ । देशभरका सहकारी संस्थालाई सहकारी विभागले यस्तो निर्देशन दिएको हो ।
विभागले ‘सहकारी ऐन, २०७४’ को दफा ४१ मा गरिएको व्यवस्था अनुसार एक समयमा एउटा व्यक्ति एउटा मात्र सहकारीको सदस्य बस्न पाउने नियम कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
यसो त विभागले यसअघि पनि यस्तो नियम कार्यान्वयन गर्न निर्देशन दिँदै आएको थियो । तर, सहकारी संस्थाहरुले निर्देशन अटेर गर्दै एक पटकमै एउटै व्यक्तिलाई एक भन्दा बढी सहकारी संस्थाको सञ्चालक बस्न छुट दिँदै आएका थिए ।
यसरी एउटै व्यक्तिले दोहोरो सञ्चालकको भूमिकामा बसेको गुनासो बढेपछि विभागले नियम कार्यान्वयनमा थप कडाइ गरेको छ । विभागले व्यवस्था कार्यान्वयन भए/नभएको जाँच गर्न र नभएको पाइए कारवाही गरिने चेतावनी समेत दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्