काठमाडौँ । रिकभरीका लागि भन्दै गएका कर्मचारीहरु ऋणीबाट कुटिएपछि ज्योति विकास बैंकले धितो लिलामी प्रक्रिया स्थगित गरेको छ ।
मंसिर २४ गते रिकभरीका लागि भन्दै गएका बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीलाई ऋणीले कालोमोसो दलेर जुत्ताको माला लगाई कुटपिट गरेपछि बैंकले धितो लिलामी प्रक्रिया स्थगित गरेको हो ।
सोही दिन बैंक र ऋणी पक्षबीच भएको छलफलबाट धितो लिलामी प्रक्रिया स्थगित गर्ने सहमति भएको छलफलमा सहभागी बताउने मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त वित्तीय शोषणविरुद्धको संघर्ष समितिका एक सदस्यले बताएका छन् ।
ती सदस्यका अनुसार ऋणीमाथि दुर्व्यवहार भइसकेपछि ऋणी, बैंकका प्रतिनिधि र आफूहरुको उपस्थितिमा बैंकले धितो लिलामी प्रक्रिया स्थगित गर्ने सहमति भएको हो ।
सो सहमतिपछि बैंकले धितो लिलामी प्रक्रिया स्थगित गरेको जानकारी पत्र ऋणीलाई दिएको छ । सप्तकोशी इन्ट्रीगेटेड एग्रो फार्म प्रालीका सेयरधनी उमाकान्त चौधरीको नाममा पत्र लेख्दै ज्योति विकास बैंकले लिलामी प्रक्रिया स्थगित गरिएको जानकारी दिएको छ ।
‘…तपाईंले यस विकास बैंकको रुपनी शाखाबाट उपभोग गरिरहनुभएको कर्जा नियमित गर्नेतर्फ गर्नुभएको अनुरोध तथा प्रतिबद्धतालाई मध्यनजर गर्दै उक्त कर्जाको लिलामी प्रक्रिया हालका लागि स्थगत गरिएको व्यहोरा जानकारी गराइन्छ ।’, बैंकको पत्रमा उल्लेख छ ।
उक्त पत्रमा बैंकको कर्जा असुली विभागका दुईजना कर्मचारीले हस्ताक्षर गरेका छन् ।

ऋणीको दाबी अनुसार सप्तकोशी नगरपालिका-७ स्थिति इन्ट्रीग्रेटेड एग्रो फर्म प्रालिका नाममा ज्योति विकास बैंकको रुपनी शाखाबाट २०७८ बैशाख २३ गते ४ करोड ५० लाख रुपैयाँ ऋण लिइएको थियो ।
उक्त फर्मका सेयर धनीहरु प्रभु नारायण चौधरी, संजिव कुमार चौधरी, पंचदेव चौधरी र उमाकान्त चौधरी हुन् । विभिन्न समयमा साँवा र ब्याज गरी हालसम्म २ करोड रुपैयाँ तिरिसकेको प्रभु नारायण चौधरीले बताएका छन् । तर, मन्दीका कारण बैंकको किस्ता तिर्न कठिनाइ भएको र ऋण चुक्ता गर्छौं भन्दा भन्दै बैंकले जबरजस्ती धितो लिलाम गर्न खोजेपछि घटना घटेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page











प्रतिक्रिया दिनुहोस्