काठमाडौँ । नेपाल धितोपत्र बोर्डले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित मूल्यमा ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार सेयर निष्काशनको लागि अनुमती प्रदान गरेको छ । विकास बैंकको १८ औँ वार्षिक साधारणसभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृती लिई धितोपत्र वोर्ड समक्ष स्वीकृतीका लागि पेश गरेकोमा बोर्डले स्वीकृती प्रदान गरेको हो ।
उक्त अग्राधिकार सेयर जारी गरेसँगै विकास बैंकको पूँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयरमा लगानीको उचित माध्यम हुनेछ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रुपमा सर्कुलर मार्फत् अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्