Skip to content
LAXMI SUNRISE BANK

सरकारले सहकारीका साना बचतकर्ताको पैसा फिर्ता गर्ने !

अर्थ सरोकार

काठमाडौँ । सकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई पैसा फिर्ता गर्ने तयारी गरेको छ । चक्रीय कोष सञ्चालन कार्यविधि बनाएर सरकारले एक लाख भन्दा कम बचत भएका बचतकर्तालाई पैसा फिर्ता गर्ने तयारी गरेको हो ।

हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालन कार्यविधि मस्यौदा तयार गरिसकेको छ । मस्यौदा अनुसार सहकारी मन्त्रालयले अर्थ मन्त्रालयसँग दुई अर्ब रुपैयाँ माग प्रस्ताव गरेको छ । 

यद्यपि कार्यविधिको मस्यौदा अध्ययनकै क्रममा भएकोले कति रकम भुक्तानी गर्ने ? भन्ने विषय टुँगो नलागेको मन्त्रालयका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार अर्थ मन्त्रालयले हाल उक्त कार्यविधिको मस्यौदामाथि अध्ययन गरिरहेको छ ।

अर्थ मन्त्रालय पठाइएको कार्यविधि अनुसार सरकारले निश्चित रकम बिउ पूँजीका रुपमा चक्रीय कोषमा जम्मा गर्नेछ र त्यहीँबाट समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्तालाई बचत फिर्ता गरिनेछ । पछि सहकारीको सम्पत्ति लिलाम गरेर संकलन भएको रकम पुनः सोही कोषमा जम्मा गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK