काठमाडौँ । सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।
दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक कारोबार नभएका र अब सञ्चालन हुन सक्ने स्थिति नभएका सहकारीको दर्ता खारेजी गरिएको सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले बताए ।
कार्यालयले स्याङ्जा, गोरखा, तनहुँ, कास्की, म्याग्दी, लमजुङ, बागलुङ र पर्वतका निष्क्रिय सहकारीको दर्ता खारेज गरेको हो । दर्ता खारेज हुनेमा सबैभन्दा धेरै सहकारी स्याङ्जा जिल्लाका रहेका छन् । स्याङ्जामा ८ सहकारीको दर्ता खारेज भएको छ ।
स्याङ्जाका ८ वटै सहकारी चालु आर्थिक वर्षमा दर्ता खारेज भएका उनले जानकारी दिएका छन् । सहकारी रजिष्ट्रार रिजालका अनुसार गोरखामा ६, तनहुँमा ४, कास्कीमा ३, म्याग्दीमा २, लमजुङ, बागलुङ र पर्वतमा समान एक÷एकवटा सहकारीको दर्ता खारेज भएको हो । दर्ता खारेज हुने सहकारीमा बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि, उपभोक्ता, सूचना तथा सञ्चार, विद्युत्, मौरीपालन, अदुवा उत्पादनका क्षेत्रमा काम गर्ने उद्देश्यसहित स्थापना गरिएका सहकारी छन् ।
‘सहकारीको दर्ता खारेजका लागि सात वटाको प्रक्रिया पूरा भएको छ ।’ उनले भने, ‘बाँकी १० सहकारी दर्ता खारेजीको थप प्रक्रियामा रहेका छन्, दर्ता खारेज हुने क्रम अझै बढ्छ ।’, सहकारी रजिष्ट्रार कार्यालय पोखरामा हाल ८९० वटा सहकारी रहेका छन् ।
यसमध्ये ५८८ सहकारी अद्यावधिक भएर सञ्चालनमा छन् । ३०२ सहकारी निष्क्रिय छन् । सहकारीसंग जोडिएका विभिन्न विषयगत सङ्घ तथा सहकारी संस्था निष्क्रिय रहेका हुन् । ती निष्क्रिय रहेका सङ्घ तथा सहकारीमध्ये जिल्लामा मात्रै सङ्घ तथा संस्था गरी ५० निष्क्रिय छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्