काठमाडौँ । भोजपुरी गायक नै नक्कली नोट छाप्ने गिरोहको नाइके रहेको खुलेको छ । भारतबाट पक्राउ गरेर नेपाल ल्याइएका रवि श्रीवास्तव भोजपुरी गायक रहेको खुलेको हो ।
बाराको फेटा गाउँपालिका-३ घर भएका २८ वर्षीय श्रीवास्तवलाई प्रहरीले आइतबार विहारबाट पक्राउ गरेको थियो ।
उनले बिहारको मोतिहारी लाला टोल पनौनामा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने काम गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपालमा नक्कली नोट छाप्न असुरक्षित देखेपछि उनले भारतमा कोठा भाडामा लिएर नक्कली नोट छाप्दै आएका थिए ।
श्रीवास्तवलाई मोतिहारी प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको कोटाबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिन, भारु ५०० दरका ३१७ थान नक्कली नोट, एलजीको मोनिटर, प्रिन्टर, सीपीयू, लेजर टोनर, नक्कली पेस्तोल, लालीगुँरासको वाटरमार्क छापिएको १ हजार दरको १८० थान कागज, सादा कागज ७५ गरी जम्मा २५५ थान कागज र भारतीय नम्बर प्लेट बीआर ०५ एएफ २५११ नम्बरको बुलेट मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
नक्कली नोट लिएर महँगो जुत्ता किने शेर्पाले, घर नपुग्दै प्रहरीले झ्याप्पै समायो…
श्रीवास्तले आफ्नै नामको युट्युब च्यानल समेत चलाएका छन् । उक्त च्यानलमा २ सय भन्दा बढी भिडियो पोस्ट गरिएका छन् । चर्चित भोजपुरी गायक समेत रहेका श्रीवास्तव नै नक्कली नोट छाप्ने गिरोहको नाइके रहेको पनि प्रहरीले निष्कर्ष निकालेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्