काठमाडौँ । सम्पदा लघुवित्तमा नागरिकता नै नक्कली राखेर लाखौँ रकम ऋण अपचलन गरेको पाइएको छ । लघुवित्तको बाँकेस्थित रिमझिम शाखाबाट नक्कली नागरिकताका आधारमा ४७ लाख ५० हजार रुपैयाँ ऋण दिएर अपचलन भएको पाइएको हो ।
अर्थ सरोकारलाई प्राप्त प्रमाण अनुसार लघुवित्तको सो शाखाबाट कर्जा प्रवाह गरिएका ४६ जना ऋणीमध्ये ४३ जनाको नागरिकता नै नक्कली भएको जिल्ला प्रशासन कार्यलय बाँकेले पुष्टि गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले २०८१ पुष ४ गते लघुवित्तलाई पठाएको पत्र अनुसार ४६ जनामध्ये ३ जना सदस्य र ३ जना साक्षी गरी कुल ६ जनाको मात्र नागरिकता सक्कली देखिएको छ । बाँकी ४३ जना सदस्य र उनीहरुका श्रीमानको नागरिकताको अभिलेख नै नभेटिएको प्रशासन कार्यालयले उल्लेख गरेको छ ।

सो कर्जा साबिकको सबैको लघुवित्तबाट प्रवाह गरिएको हो ।
सबैको लघुवित्त र साधना लघुवित्त मर्ज भएर सम्पदा लघुवित्त वित्तीय संस्था बनेको थियो । तर, संस्था मर्ज भएपछि पनि सिइओ र उच्च तहका कर्मचारीले सो प्रकरण लुकाउन खोजेका थिए । संस्थाबाट प्रवाह भएको ठूलो रकम डुब्ने र कर्मचारी जेल जाने अवस्था आएपछि सो प्रकरण सल्टाउन अहिले कम्पनी लागि परेको छ ।
अर्थ सरोकारलाई प्राप्त प्रमाण अनुसार लघुवित्तले २०८१ कार्तिक ३० गते नागरिकता प्रमाणिकरणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्राचार गरेको देखिन्छ । लुघवित्तले प्रशासनमा पठाएको पत्रमा शंका लागेका ४६ जना सदस्य र साक्षीको नाम र नागरिकताको प्रतिलिपि प्रमाणिकरणका लागि पठाइएको छ । तीमध्ये ३ जना सदस्य र ३ जना साक्षीको मात्र नागरिकता सक्कली देखिएको प्रशासनको पत्रमा उल्लेख छ ।

३२ लाख बढी रकम डुब्ने पक्का !
यसरी लघुवित्तको रिमझिम शाखाबाट नक्कली नागरिकताका आधारमा ४७ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरिएको देखिन्छ । जसमध्ये केही रकम उठिसकेको छ भने बाँकी उठ्नै नसक्ने स्थितिमा छ ।
नक्कली नागरिकता राखेर कर्जा प्रवाह गरिएका ३६ जनाको कर्जा उच्च जोखिममा रहेको तथ्य स्वयम् लघुवित्तले गरेको अन्तरिक छानविनमा देखिएको छ । लघुवित्तले गरेको आन्तरिक छानविनका क्रममा ३६ जनाको नाममा प्रवाह गरिएको ३२ लाख ५८ हजार ९ सय ८६ रुपैयाँ ४७ पैसा जोखिममा रहेको देखिएको छ ।

फस्ने डरले कर्मचारीको राजीनामा !
यता उक्त प्रकरणमा संलग्न लघुवित्तको रिमझिम शाखाका कर्मचारीले राजीनामा दिइसकेका छन् । लघुवित्तले गरेको छानविनका क्रममा नक्कली नागरिकताका आधारमा कर्जा प्रवाह हुँदा उक्त शाखामा सरिता तामाङ शाखा प्रमुख थिइन् । समूह सदस्यलाई तालिम दिएर कागजपत्र भने लघुवित्तकी तत्कालीन कर्मचारी गोमा खदालले गरेकी थिइन् । हाल उनीहरु दुवैजनाले संस्था छोडेका छन् । उनीहरुको राजीनामा समेत लघुवित्तले स्वीकृत गरिसकेको छ ।
सो बेला (कर्जा प्रवाह हुँदा र कर्मचारीले राजीनामा दिँदा) केशव कुमार पौडेल सिइओ थिए । हाल पौडेल नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा सिइओ नियुक्त भएका छन् । पौडेल सिइओ भएकै बेला संस्थाबाट नक्कली नागरिकताका आधारमा ऋण प्रवाह भएको र उनै सिइओ भएका बेला कर्मचारीको राजीनामा स्वीकृत हुनुले पौडेलको भूमिकामाथि नै प्रश्न उठेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्