काठमाडौं । आगामी आम निर्वाचनको तयारीका क्रममा भारत सरकारले नेपाललाई उपलब्ध गराएको निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण मंगलबार औपचारिक रूपमा हस्तान्तरण गरेको छ । काठमाडौंस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारका तर्फबाट ६० भन्दा बढी डबल क्याब पिकअप गाडी तथा अन्य आवश्यक सामग्री नेपाल सरकारलाई प्रदान गरेको हो ।
उक्त सहयोग भारत सरकारको दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश आर्याललाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सवारीसाधन तथा सामग्री आगामी निर्वाचनका क्रममा सुरक्षाको व्यवस्थापन, सामग्री ढुवानी, मतपेटिका ओसारपसार तथा प्रशासनिक कार्यमा प्रयोग गरिने जनाइएको छ ।
कार्यक्रममा बोल्दै गृहमन्त्री आर्यालले निर्वाचनजस्तो संवेदनशील र महत्वपूर्ण प्रक्रियामा सहयोग उपलब्ध गराएकोमा भारत सरकार तथा भारतीय जनताप्रति आभार व्यक्त गरे । उनले नेपाल-भारत सम्बन्ध ऐतिहासिक, गहिरो र बहुआयामिक रहेको उल्लेख गर्दै आपसी विश्वास र सहकार्यका आधारमा यस्तो सहयोग निरन्तर हुँदै आएको बताए । गृहमन्त्री आर्यालले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन छिमेकी मुलुकको सहयोग महत्वपूर्ण हुने धारणा पनि राखे ।
नेपाल सरकारको अनुरोधमा भारत सरकारले सन् २००८ देखि निरन्तर रूपमा निर्वाचनसम्बन्धी सहयोग प्रदान गर्दै आएको छ । यस अवधिमा भारतले नेपालका विभिन्न मन्त्रालय, सुरक्षा निकाय तथा निर्वाचन आयोगका लागि करिब दुई हजार चार सय सवारीसाधन उपहारस्वरूप उपलब्ध गराइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।
यसपटकको निर्वाचनका लागि भारतले करिब छ सय पचास सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। ती सवारीसाधनहरू चरणबद्ध रूपमा आगामी केही हप्ताभित्र नेपालमा आइपुग्ने र सम्बन्धित निकायलाई हस्तान्तरण गरिने जानकारी दिइएको छ। पहिलो चरणअन्तर्गत हस्तान्तरण गरिएको सहयोग त्यसैको प्रारम्भिक हिस्सा हो ।
निर्वाचन सहयोगका नाममा प्रदान गरिएको यो सहायता नेपाल–भारतबीच विद्यमान बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारीको निरन्तरताका रूपमा हेरिएको छ । साथै, यसले दुवै देशका जनताबीचको दीर्घकालीन मित्रता, आपसी विश्वास र लोकतान्त्रिक मूल्यप्रतिको साझा प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्ने कूटनीतिक विश्लेषण गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्