Skip to content
LAXMI SUNRISE BANK

नेप्से ४.९० अंकले बढ्यो, झण्डै ७ अर्बको कारोबार !

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५४ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK