काठमाडौँ । सर्लाहीको छिमेक लघुवित्तमा लुटपाट भएको पाइएको छ । सर्लाहीको लालबन्दीस्थित छिमेक लघुवित्तको शाखामा लुटपाट भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख तथा प्रहरी निरीक्षक विरेन्द्रसिंह जोखारीले पुष्टि गरेका छन् ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) जोखारीका अनुसार लघुवित्तमा मास्क लगाएर आएका ३ देखि ४ जनाको समूहले लुटपाट गरेका हुन् ।
कार्यालय बन्द हुने बेलामा एक्कासी कार्यालय प्रवेश गरेर अज्ञात समूहले लुटपाट गरेको जोखारीले बताए । ‘छिमेक लघुवित्तमा लुटपाट भएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘३-४ जना मास्क लगाएर आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरेको भन्ने छ ।’
इन्स्पेक्टर जोखारीका अनुसार लघुवित्तको कार्यालयभित्र प्रवेश गरेर भएको लुटपाटमा लघुवित्तमा ऋण लिन आएका व्यक्तिको साथबाट एक लाख रुपैयाँ लुटिएको दाबी गरिएको छ ।
‘लघुवित्तमा ऋण लिन आएका व्यक्तिको एक लाख रुपैयाँ लगिएको भनिएको छ ।’, उनले भने, ‘के मा चढेर आए ? के मा गए ? भन्ने थाहा छैन । आवाज सुन्दा मोटरसाइकलमा गएको हुनसक्ने भनिएको छ । थप अनुसन्धान गर्दैछौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्