Skip to content
LAXMI SUNRISE BANK

अव फिर्ता हुनेछ सहकारीमा डुबेको रकम, १०० दिन भित्रै सरकारले बनाउँदैछ बचतकर्ता खुसी !

अर्थ सरोकार

काठमाडौँ । सहकारीमा डुबेको पैसा फिर्ता हुने भएको छ । बालेन सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने घोषणा गरेको हो ।

सरकारले सार्वजनिक गरेको कार्यसूचीकाे ९९ नम्बर बुँदामा सहकारीका साना बचतकर्ताकाे बचत फिर्ताकाे प्रक्रिया सय दिन भित्र सुरु गर्ने उल्लेख गरिएकाे छ ।

नयाँ सरकार बने लगत्तै कार्यसूचीमा सहकारीका बचतकर्ताको माग समेटिएको भन्दै बचतकर्ताहरु खुसी भएका छन् । सरकारको यस्तो निर्णयसँगै लामो समयदेखि डुबेको पैसा अब फिर्ता हुनेमा बचतकर्ताहरु ढुक्क भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK