काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग गरेका छन् । बिहीवार सिंहदरवारमा आयोजित अन्तर-सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संघीय सरकारसँग यस्तो माग गरेका हुन् ।
मनसुनी वर्षा र त्यो भन्दा अघिको समयमा कुनैपनि आयोजनाको डिजाइन, इष्टिमेट र टेन्डर आह्वान गर्ने र त्यस बाहेकको समयमा निर्माणको काम गर्न मिल्ने गरी आर्थिक वर्षको समय परिवर्तन गर्न उपयुक्त हुने उनको तर्क थियो ।
सरकारले विकास, निर्माणको काममा आमूल परिवर्तन हुनेगरि काम गर्नुपर्ने पनि मेयर महर्जनको भनाई थियो । सार्वजनिक खरिद ऐन २०६३ मा आमूल परिवर्तन गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराए ।
कुनैपनि आयोजनाहरुको काम समयमा सम्पन्न नहुनुमा सो ऐन मुख्य कारण रहेको औल्याउँदै मेयर महर्जनले त्यसमा तत्काल संशोधन गरेर अघि बढनुपर्नेमा जोड दिएका छन् । मेयर महर्जनले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न सक्ने अवस्था नभएकाले त्यसलाई पनि अनुकूल हुनेगरि विद्यमान कानूनमा संशोधन आवश्यक रहेको स्पष्ट पारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्