Skip to content
LAXMI SUNRISE BANK

‘सर्किट ब्रेकर’को सीमा बढाइँदै, ८ प्रतिशत पुर्याइने !

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ‘सर्किट ब्रेकर’को सीमा बढाउने भएको छ । बोर्डले नेप्सेको कारोबार विनियमावलीको संशोधनमार्फत ‘सर्किट ब्रेकर’को सीमा बढाउने तयारी गरेको हो । 

बोर्ड स्रोतले दिएको जानकारी अनुसार ‘सर्किट ब्रेकर’को सीमा दुई प्रतिशत बिन्दुले बढाउन लागिएको छ । 

हाल कारोबारको पहिलो एक घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले बढे वा घटेमा पहिलो ‘सर्किट ब्रेक’ लाग्छ । दोस्रो पटक बजार ५ प्रतिशतले बढे वा घटेमा दोस्रो ‘सर्किट ब्रेक’ लाग्छ । र तेस्रो पटक बजार ६ प्रतिशतले घटे वा बढेमा बजार बन्द हुन्छ ।

यसबीचमा पहिलो ‘सर्किट ब्रेक’ हुँदा २० मिनेट, दोस्रो ‘सर्किट ब्रेक’ हुँदा ४० मिनेट ‘इन्टरभल’ समय राखिन्छ । तर, अब भने नयाँ व्यवस्थामा पहिलो ‘सर्किट ब्रेक’ ४ प्रतिशत, दोस्रो ‘सर्किट ब्रेक’ ६ प्रतिशत र तेस्रो ‘सर्किट ब्रेक’ ८ प्रतिशत राखिएको छ ।

यसो त जेन-जी आन्दोलनपछि गठन भएको सेयर बजार सुधार सुझाव कार्यदलले पनि ‘सर्किट ब्रेकर’को सीमा बढाउनुपर्ने सुझाव दिएको थियो । हाल सोही सुझाव अनुसार ‘सर्किट ब्रेकर’ सम्बन्धी व्यवस्थालाई खुकुलो बनाइएको बोर्डका अधिकारीहरु बताउँछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK